अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार १६:३८

नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितकाे सङ्ख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेकाे छ । शुक्रबार थप दुई हजार एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय ३७ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६८ हजार एक सय २९ पुगेको छ ।   अब नेपालमा ३७ हजार २२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय ८६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।  यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय दुई पुगेको छ ।   

Comment


Related News

Latest News

Trending News