अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार १९:३१

बिगत १० वर्ष देखि मनाईदै आएको हनुमान जयन्ती समारोह यसपालि पनि शुक्रबार मनाईएको छ ।

मिथिलाञ्चल सांस्कृतिक कला परिषद जनकपुरधामको आयेजनामा बिगत १ं० वर्षदेखि प्र्रत्येक वर्ष लक्ष्मी पूजाको १ दिन पहिला मनाईदै आएको हनुमान जयन्तीलाई विशेष कार्यक्रमको साथ शुक्रबार जनकपुरधाममा मनाईएको छ । जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट विशेष बाजा गाजाको साथ हनुमानजीको रथसहित नगरको मुख्य चौकहरु परिक्रमा गर्दै जनकपुरधामस्थित युगलजोडि मन्दिर बिहारकुण्डमा गई झाकि, किर्तन र हनुमान पाठ गरि हनुमान जयन्ती मनाईएको छ । हिन्दुधर्ममा हनुमान जीको आफ्नो एउटा छुट्टै पहिचान र महत्व रहेकोले, परिषदका अध्यक्ष सम्भु साहले सम्पूर्ण नेपालीलाई लक्ष्मीपूजाको साथै हनुमान जयन्ती मनाउन आग्रह गरे । हनुमान जयन्ती मनाई लक्ष्मी पूजा गर्दा विशेष लाभ प्राप्त हुने वहाँको भनाई छ ।

कार्यक्रममा सयौंको संख्यामा भक्तजन तथा साधुसन्तको उपस्थित रहेको थियो ।

Comment


Related News

Latest News

Trending News