अपडेट 
२०७७ कार्तिक २९, शनिबार ०७:२१

जनकपुरधाम । मधेशको उत्थानका लागि पटक पटक विभिन्न कार्य गरेर चर्चामा आएका तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को ’मधेश संवाद यात्रा’ को टिम जनकपुरधाम पुगेको छ ।

कर्तिक १५ गते देखि सिरहाबाट सुरु गरिएको संवाद यात्रा पहिलो चरण अन्तरगत अन्तिम पडावको रुपमा जनकपुरधाम पुगेको हो । कार्यक्रम अन्तर्गत पहिलो चरणमा मध्य मधेश अर्थात् प्रदेश २ का आठ जिल्लामा कार्यक्रम गरिएको छ ।संवाद यात्राका क्रममा प्रत्येक जिल्लाको एक स्थानमा तराई मधेश राष्ट्रिय परिषद्को जिल्ला स्तरीय स्वयंसेवक, स्वतन्त्र युवा, विद्यार्थी, बुद्धिजीवी, पेशाकर्मीहरु माझ मधेससँग सरोकार राख्ने विभिन्न सामाजिक, राजनीतिक पक्ष र तराई मधेश राष्ट्रिय परिषद्को रणनीतिक योजनाको बारेमा अन्तरक्रिया र संवाद गरिएको परिषदका संयोजक सरोज रायले जनाइएको छ ।

शुक्रवार जनकपुधाम स्थित धनुषा साइन्स क्याम्पसमा आयोजना गरिएको संवाद कार्यक्रममा परिषदका संयोजक रायले मधेश र मधेशीले मुलुकका लागि आफनो ज्यानै अपर्ण गरेपनि अहिले सम्म उचित सम्मान पाउन नसकेको र यसको सम्पुर्ण दोषी आफै रहेको वताए ।उनले आफनो पहिचान मधेशी रहेको र पहिले आफुलाई मधेशी पहिचानलाई स्थापीत गरि अगाडी बढे सवैले सम्मान गर्न वाध्य हुने वताए । उनले मधेश २२ ओटा जिल्ला भएकोले आठवटा जिल्लाको नाम मधेश राख्ने कुरालाई हटाउनुपर्ने वताउदै आठवटा जिल्लालाई मात्र मधेश नामाकरण गरियो भने मधेशका अरु जिल्ला संग अन्याय हुने वताए ।

पहिलो चरणको संवाद यात्राको क्रममा सिरहामा १५ गते, सप्तरीमा १७ गते, सर्लाहीमा १९ गते, रौतहटमा २१ गते, बारामा २३ गते, पर्सामा २५ गते, महोत्तरीमा २७ गते र धनुषामा २८ गते कार्यक्रम सम्पन्न गरिएको टिएमएनसीका संयोजक तथा अधिवक्ता विकास ठाकुरले जानकारी दिए । संवाद यात्राका क्रममा संगठन विस्तार अभियान अन्तर्गत जिल्ला स्तरीय तदर्थ समितिको निर्माण र सम्भावना भएका कुशल नेतृत्वको छनौटको प्रक्रियाको पनि थालनी गरिन

Comment


Related News

Latest News

Trending News