अपडेट 
२०७७ कार्तिक २९, शनिबार ११:३६

जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ देवपुरा रुपैठाकी २१ वर्षीया आरती साहमाथि केहिबेर अघि एक युवकले एसिड प्रहार गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगरमा माइतमा बसेको बेला शनिबार बहिान एक युवकले एसिडल प्रहार गरी भागेको स्थानीयले बताएका छन् । आरतीको अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरि उपचार भइरहेको छ ।

एसिड आक्रमण गर्नेको खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाको विषयमा विस्तृत विरण आउन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News