अपडेट 
२०७७ कार्तिक ३०, आईतवार १६:२३

भारतको जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले सोमबार विहारको मुख्यमन्त्रीको रुपमा शपथ लिने भएका छन् । आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को बैठकले नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेको हो । यससँगै उनले आइतबार बिहारका राज्यपालसँग भेटवार्ता गरेका छन् ।

एनडीएको नेतामा चुनिएसँगै उनले आफू मुख्यमन्त्री बन्न नचाहेको तर गठबन्धनको प्रमुख घटक भारतीय जनता पार्टीका नेताहरुको आग्रहमा पुनः मुख्यमन्त्रीको शपथ लिन गइरहेको बताएका थिए । उहाँले पत्र स्वीकार गर्दै मलाई मुख्यमन्त्रीको रुपमा मनोनित गर्नुभएको छ ।

सोमबार उनले सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । यद्यपि बिहारको उप मुख्यमन्त्रीको भने अझै टुङ्गो लागेको छैन ।

Comment


Related News

Latest News

Trending News