अपडेट 
२०७७ मंसिर १, सोमबार १६:३३

नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारतकाे याे नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरू समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

साेमबार जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले मङ्गलबारदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्सिर २ र ३ गते ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको छ ।  

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, सङ्घीय सभा, प्रदेशसभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । धर्नापछि पनि सीमा नाकाहरू खुला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा साेमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाका मङ्सिर १ गतेदेखि खुल्ने आशमा रहेका नागरिक कात्तिक ३० गते सरकारले थप एक महिना बन्द गर्ने निर्णय गरेपछि आक्रोशित बनेका हुन् । 

Comment


Related News

Latest News

Trending News