अपडेट 
२०७७ मंसिर १, सोमबार १८:०४

नीतीश कुमारले सातौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिएका छन् । बिहारका राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका हुन् ।

भारतीय जनता पार्टी (बीजेपी) को तर्फबाट तारकिशोर प्रसाद र रेणु देवील पनि मन्त्री पदको शपथ लिएका छन् । यी दुईलाई उपमुख्यमन्त्री पनि बनाउन सकिने बताइएको छ । तारकिशोर प्रसाद कटिहारबाट लगातार चौथो पटक विधान सभा चुनाव जितेर आएका हुन् । त्यस्तै रेणु देवी बेतियाबाट चुनाव जितेर आएकी हुन् । उनल यसअघि सन् २०००, २००५ र २०१० मा चुनाव जितेकी थिइन् तर सन् २०१५ मा हारेकी थिइन् ।

तर त्यस समय नीतिश कुमार महागठबन्धनमा थिए र बीजेपीले एलजेपी, माझी र उपेन्द्र कुशवाहाको पार्टीसँग मिलेर चुनाव लडेको थियो । नीतीश कुमार आबद्ध गठबन्धनले विधान सभाको २४३ सिटमध्ये १२५ सिट ल्याएको थियो भने विपक्षीहरूको महागठबन्धनले ११० सिट जित हासिल गरेको थियो । साथै अन्यले आठ सिट जितेका थिए । 

Comment


Related News

Latest News

Trending News