अपडेट 
२०७७ मंसिर २, मंगलवार ०७:२०

बेलायतले क्रिसमसभन्दा अघि नै कोरोनाविरुद्धको खोप सार्वजनिक गर्ने तयारी गरेको छ । बेलायतका स्वास्थ्य मन्त्री माट हेनककले कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भए क्रिसमस अघि नै वितरण गरिने जानकारी दिएका हुन् ।

हेनककले खोप जति छिटो आयो त्यति नै छिटो वितरण गर्ने बताएको बीबीसीले जनाएको छ । उनले उक्त खोप कति सुरक्षित हुनेछ भन्ने आधारमा खोपको आवश्यकता निर्धारण गरिने बताएका छन् ।

कोरोनाको महामारी फैलिएको झण्डै एक वर्ष पुग्नै लाग्दा प्रभावशाली देशका वैज्ञानिकले कोभिड १९ विरुद्धको खोप विकासको काम अन्तिम चरणमा पुर्याइसकेका छन् । बेलायत, चीन, रुस, अमेरिका, ब्राजिल लगायत देशले तयार पारेका खोप परीक्षणको अन्तिम चरणमा छन् । तीमध्ये केही सन् २०२१ को सुरुमा र केही सन् २०२० को अन्त्यसम्म सार्वजनिक हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News