अपडेट 
२०७७ मंसिर २, मंगलवार १६:२५

नेपालमा मंगलबार थप ५०२ जना संक्रमित फेला परेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १७ जनाको ज्यान गएको छ भने हालसम्म कोरोनाका कारण १२ सय ४७ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा थप २८७८ संक्रमित निको भएका छन् भने हालसम्म १ लाख ७९ हजार २४२ जना निको भएका छन् । नेपालमा हाल ३० हजार ९८६ जना आइशोलेशनमा छन् । भने एक हजार ३ जना क्वारेन्टाइनमा छन् । हालसम्म १६ लाख १७ हजार २३ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News