अपडेट 
२०७७ मंसिर ३, बुधबार ०७:३६

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले नेपाल–भारत बिचको सीमा नाका बन्द गरेको संघीय सरकारको कार्य प्रति तराई मधेशमा आक्रोश बढ्दै गएकोले जून सुकै बेला आन्दोलन उग्र हुन सक्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि बन्द रहेको सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाजको अगुवाईमा जिल्ला भन्सार कार्य अगाडी जारी रहेको धरना कार्यक्रमको पाँचौ दिन सहभागी भएका मेयर गुप्ताले संचारकर्मीहरु सित कुरा गर्दै हिन्दूहरुको महान चाडको रुपमा रहेका छठ पर्वको बेला सीमा नाका नखोलेका केन्द्रीय सरकार विरुद्ध तराई मधेशमा पुनः आम नेपाली नागरिकले ठूलो बिद्रोह गर्ने चेतावनी दिए । नेपाली जनताको दुःख, दर्द र सीमा नाका बन्द भएको कारन उत्पन्न भएको समस्याको प्रति गंभीर हुनु पर्नेमा नेपाल सरकार कुनै चासो नलिएको आरोप लगाए । सरकार जनता प्रति उत्तरदायी हुनु पर्नेमा नेकपा नेतृत्वको वर्त्तमान सरकार मधेशी जनतालाइ कोरोनाको बहाना बनाएर दुःख दिने कार्य गरेकोले जनतामा सरकारको विरुद्ध वितृष्णा बढ्दै गएकोले कुनै बेला आक्रोश आन्दोलनमा परिवर्तन हुन सक्ने दावी गरे । मेयर गुप्ताले पर्वको समयमा नाका खोल्नको लागि नेपाल सरकारलाइ आग्रह गरे ।

कोरोनाको महामारीको कारन समस्यामा परेका जनतालाइ नेपाल भारतको सीमा बन्द गरेर सरकारले थप पीड़ा दिने कोशिश गरेको जिकिर गरे । संचारकर्मीको प्रश्नको जवाव दिदै मेयर गुप्ताले नेपाल र भारत विच रहेको बेटी रोटीको सम्वन्ध तोड़ने नियतले सीमामा तारवार लगाउने सरकारको उदेश्य कुनै पनि हालतमा पूरा हुन नदिने ठोकुवा समेत गरे । नेपालमा उपलब्ध नभएको दैनिक उपभोग्यका सामान खरीद गर्न सीमावर्ती बजारमा किनमेल गर्न जानू नेपाली नागरिकको बाध्यता रहेको बताउँदै आवत जावतमा प्रतिवंध लगाउने गरी गरिएको सीमा नाका बन्द सरकारको मधेश विरोधी सोच मात्र रहेको ठहर गर्दै समयमा सरकार ले यो विषयमा सकारात्मक निर्णय नलिएर ठूलो विद्रोहको सामना गर्नु पर्ने बताए । धार्मिक, संस्कृति, पारिवारिक ,सामाजिक ,नाता नेपाल र भारत विच रहेकोले मधेशमा बसोवास गर्ने मधेशी ,आदिवासी ,जनजाति ,दलित ,मुस्लिम ,पिछडिएका वर्ग समुदायले सरकारको विभेद पूर्ण रबैयाको सहन नगर्ने उल्लेख गर्दै मधेशी जनताको भावनाको कदर गर्दै सीमा नाका खुला गर्न समेत नेपाल सरकारलाइ मेयर गुप्ताले सुझाव दिए ।

२०७६ साल चैत्र ११ गतेदेखि बन्द रहेको सीमा नाकाका कारन समस्यामा परेका जनताले समस्या समाधान गर्न सरकार सित मांग गर्दै नाकामा धरना प्रदर्शनको कार्य जारी राखेका छन् ।

Comment


Related News

Latest News

Trending News