अपडेट 
२०७७ मंसिर ३, बुधबार १२:१९

बुधबार सुनको भाउ घटेको छ । तिहार अगाडि कात्तिक २८ गते प्रतितोला ९५ हजार २०० मा कारोबार भएको सुन एक सय रुपैयाँले घटेर बुधबार (आज) ९५ हजार १०० मा कारोबार भईरहेको छ ।

तर, बुधबार नेपाली बजारमा चाँदीकाे भाउ भने बढेको छ । तिहार अघि प्रतितोला १२२० मा कारोबार भएको चाँदीको भाउ बुधबार (आज) ३० रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको छ । तिहार बिदा सकिएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारबाट सुनचाँदीको मूल्य तोक्न सुरु गरेको हो ।

Comment


Related News

Latest News

Trending News