अपडेट 
२०७७ मंसिर ३, बुधबार १२:२३

महोत्तरीमा तेल बोकेको ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

तेल बोकेको ना ७ ख ३५२१ नम्बरको टयाङकर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ग ९ प ५३२१ नम्बरको मोरसाईकललाई आज बिहान महोत्तरीको बर्दिवासमा ठक्कर दिंदा मोटसाईकलमा सवार दाजुभाईमध्ये पछाडि बसेका सिन्धुली तीनपाटन गाउँपालिका–१० का २६ वर्षीय आशालाल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

परियारको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिए । टयाङकर र चालक प्रहरी नियन्त्रणमा रहेको एवं मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News