अपडेट 
२०७७ मंसिर ३, बुधबार १७:३९

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गर्नुभएको छ । भण्डारीले मन्त्रिपरिषदको सिफारिस अनुसार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले कोरोनाविरूद्ध खोप उपलब्धता सहज बनाउने लगायतका व्यवस्था गर्न औषधिसम्बन्धी अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषदको सिफारिस अनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम औषधिसम्बन्धी अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

निकट भविष्यमा कोरोनाविरुद्धको खोप विश्व बजारमा आउने सम्भावनालाई ध्यान दिँदै खोप नेपाल ल्याउने तयारीका लागि यो अध्यादेश जारी गर्नु परेको राष्ट्रपति कार्यालयको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News