अपडेट 
२०७७ मंसिर ४, बिहीबार ०७:२३

जागिरबाट निकालिएका सहकर्मीको पुनर्बहालीका माग राख्दै जानकी मेडिकल कलेजका कर्मचारी अनसनमा बसेका छन् । भुक्तानी दिन बाँकी दुई महिनाको तलब, ६ वर्षको सञ्चय कोष र ६ वर्षको दशैं भत्ता माग गर्दा जागिरबाटै हटाएपछि दुई कर्मचारी १८ दिनदेखी आमरण अनसनमा बसेका हुन् ।

सुरक्षा व्यवस्थापनतर्फका इन्चार्ज जानकीशरण यादव र पारा मेडिकलतर्फका कुलदीप साहले १६ कात्तिकदेखि कलेज प्रांगणमा आमरण अनशन थालेका हुन् । उनीहरूको स्वास्थ्य दिनानुदिन खराब हुँदै गएको, तर कलेज प्रशासनले कुनै चासो नदिएको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले बताउनुभयो ।

कलेज प्रशासनले ६ कात्तिकमा काममा लापरबाही गरेको आरोप लगाउँदै कर्मचारीहरू उमेश यादव, राजनारायण यादव, जयकुमार यादव, अञ्जु पटेल र वीरेन्द्रकुमार झासँग स्पष्टीकरण सोधेको थियो ।

तर, भुक्तानी दिन बाँकी दुई महिनाको तलब, ६ वर्षको सञ्चय कोष र ६ वर्षको दसैँ भत्ता उपलब्ध गराउन माग गर्दा कलेज प्रशासनले आफूहरूलाई जागिरबाटै निकालेको उनीहरूको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News