अपडेट 
२०७७ मंसिर ४, बिहीबार ०८:२६

मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डल विरुद्धको झुटो मुद्दा फिर्ताको माग राख्दै सदरमुकाम जलेश्वरमा जनता समाजवादी नेपाल पार्टीले विशाल विरोध जुलुस प्रदर्शन गरेका छन । वुधबार जलेश्वर स्थित शिक्षा कार्यालयबाट जसपा नेपाल समर्थीत नेता कार्यकर्ताको विशाल जनसहभागितामा शुरु भएको विरोध प्रर्दशन खैरा चौक, जिल्ला प्रशासन कार्यालय हुँदै महेन्द्र चोक, शंकर चौक भएर नगरपालिका चौक पुगेर सम्पन्न भएको छ ।

विभिन्न नगरपालिका र गाउँपालिका समेतबाट खरिव २० हजार भन्दा बढीको जन सहभागितामा प्रर्दशन गरिएको विरोध जुलुसमा मेयर मण्डल विरुद्धको झुठो मुद्दा फिर्ता गर, प्रहरी प्रशासन मुर्दावाद, नेकपा समर्थिक प्रहरी प्रशासन मुद्दावाद लगायतको चर्का नारावाजी समेत गरेका छन् । प्रर्दशन सहभागिको सख्या सोचे भन्दा बढी भएपछि स्थानिय प्रशासनलाई ट्राफिक व्यवस्थानमा समेत समस्या भएको थियो । गत कार्तिक १० गते विजयादशमीको राति दुर्गा पुजाको मूर्ति भसानको (सेलाउने) क्रममा जिल्लाको मटिहानीनगरपालिकामा दुई पक्षिय विवाद झडपमा परिणत भएको थियो । सो घटनामा मटिहानीका नगरपालिकाको नगरप्रमुख, जिल्ला समन्वय समितिका सदस्य एवं वडा अध्यक्षहरु माथि संघातिक आक्रमण भएकोमा उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुको साटो स्थानीय प्रशासनले नगरप्रमुख मण्डल लगायत माथि मुद्दा दर्ता गरेको भन्दै जसपाले विरोध प्रर्दशन गरेका हुन् ।

विरोध प्रर्दशन पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा जसपाका नेता राजकिशोर यादवले यो प्रदर्शनलाई स्थानिय प्रशासनले खेलाची नसम्भरे तत्काल मुद्दाफिर्ता गर्न जोडदार माग गरेका थिए । जसपाका नेता यादवले जसरी हामीहरुले विभेदको विरुद्धमा आन्दोलन गर्यो त्यसरी नै अब स्थानीय प्रशासनले लगाउने गरेको झुठामुद्दाहरुको विरोधमा पनि उत्रिनु परेको बताए । काठमाण्डुमा बसेको हाकिमहरुको इसारामा नचल्न स्थानीय प्रशासनसंग आग्रह गर्दै उनले त्यस्तो गरिए अझ आन्दोलन चर्काउने चेतावनी समेत दिए । कोण सभामा जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्राले स्थानिय प्रशासनले मटिहानी घटनामा सत्य तथ्य नै नवुझिकन दवावमा आएर दमन गर्ने मनसायले मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसादमण्डलसहित उनका समर्थकहरु माथि मुद्दा दर्ता गर्ने कार्य गरेकाले तत्काल सो मुद्दा फिर्ता लिन माग गरे ।

विरोध प्रर्दशनमा प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्र यादव, प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारीसहित मटिहानी, जलेश्वर, भंगहा, मनरासिश्वा नगरपालिकाका नगरप्रमुख तथा सोनमा, एकडारा गाउँपालिकाका अध्यक्ष तथा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । यसअघि मंगलबार साझ सोहि विषयलाई लिएर सदरमुकाम जलेश्वरमा मशाल जुलुस प्रर्दशन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News