अपडेट 
२०७७ मंसिर ४, बिहीबार ०८:३२

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त उपलब्धीलाई वर्तमान सरकारले जगेर्ना गर्न नसकेको भन्दै त्यसका बिरुद्ध खबरदारी गर्ने समय आइसकेको बताएका छन् ।

बुधबार राजविराजमा जनता समाजवादी पार्टी नेपाल निकटका समाजवादी यूवा संघ र राष्ट्रिय यूवा संघद्वारा संयुक्त रुपमा आयोजित छठ तथा समाचकेवा पर्वको शुभकामना आदान प्रदान तथा यूवा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘यो सरकारबाट जनताको बलिदानीले ल्याएको उपलब्धी सुरक्षित रहन सक्दैन्, परिवर्तनकारी शक्ति चनाखो रहन आवश्यक छ ।’ ‘कम्युनिष्ट र काँग्रेसको सरकारलाई जनताले पटक पटक हेरिसके’ यादवले भने–‘यस्तै अवस्था रहरिहने भने पाएको उपलब्धी पनि गुम्ने खतरा बढेर जानेछ ।’ अध्यक्ष यादवले परिवर्तनलाई संस्थागत गर्न यूवा शक्ति अघि आउन आवश्यक रहेको भन्दै उनले आफूहरु तेश्रो शक्तिको रुपमा संगठन निर्माणमा लागेको जिकिर गरे ।

शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका सबै क्षेत्र लथालिङ बन्दा पनि सरकार र सत्तारुढ पार्टी मुकदर्शक भएर गुटबन्दी तथा भागबण्डामा लटपटिएको उनको आरोप थियो । नेकपा र नेपाली काँग्रेसलाई धरासाही बनाउको आरोप लगाउँदै अध्यक्ष यादवले अव पनि मधेशी जनता यिनीहरुलाई मतदान गरे यस भन्दा ठूलो दुर्भाग्य केहि पनि हुन नसक्ने बताए । जनताकै मत लिएर जनतामाथि राणा भन्दा बढी क्रुर व्यवस्था ल्याउने सरकारको देशमा आवश्यक्ता नरहेको उनले चेतावनी दिए । जनतालेनै नेपालमा ठूल ठूला परिवर्तन गरेका कारण जनता भन्दा ठूलो कोहि पनि हुन सक्दैन् र जसले हुन खोजे त्यसको विलय अवश्यनै रहेको उनको भनाई थियो ।

वर्तमान सरकारले जनताको स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा देखाएको उदाशिनताले यस्तो गैर जिम्मेवार सरकार विश्वको कुनै देशमा हुन नसक्ने उनले दावी गरेका थिए । समाजवादी यूवा संघका जिल्ला अध्यक्ष् शिवशंकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई प्रदेश २ का सामाजिक विकास मन्त्री नवलशिकोर साह, संघीय सांसद रेणु यादव, राष्ट्रिय सभाका सदस्यद्वय मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, प्रदेश सभा सदस्य अभिशेख यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव लगायत एक दर्जन बढी नेताहरुले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टीमा प्रवेश गरेकाहरुलाई अध्यक्ष यादवसहित केन्द्रिय नेताहरुले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News