अपडेट 
२०७७ मंसिर ४, बिहीबार १२:३२

वीरगञ्ज । भन्सार छली गरेर भित्र्याएको ४८ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय जितपुर र सिम्रौनगढबाट खटिएको दुई टोलीले ४८ लाख ६१ हजारको सामान बरामद गरेको हो । भन्सार छलीका विभिन्न समान तथा सवारी साधन बरामद गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।

दशैं, तिहार तथा छठको विभिन्न समयमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्र्याएको थान तथा रेडिमेड कपडा, किराना मालसामान तथा समान भित्र्याउन प्रयोग गरेको प्र.३–०१–०२२ च ७०७० नं. को कार एक थान, मोटरसाइकल एक थान र दुई जना व्यक्तिलाई समेत पक्राउ गरी बुधबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रले बताउनुभयो।

Comment


Related News

Latest News

Trending News