अपडेट 
२०७७ मंसिर ५, शुक्रबार ०७:२५

जनकपुरधाम । प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयले प्रदेशका चार जिल्ला सदरमुकामहरुमा समाजिक बिकास ईकाईको स्थापना र शुभारम्भ गरेको छ ।

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ बमोजिम समाजिक विकास मन्त्रालयको क्षेत्राधिकार भित्र परेका कार्य जिम्मेवारीहरु बहन गर्न जिल्लामा आफनो निकाय नभएको अवस्थामा विभिन्न आयोजना मार्फत कार्यसम्पादन गर्न मन्त्रालयको कार्यक्षेत्र अनुसार शिक्षा, स्वास्थ्य, युवा, खेलकुद, महिला तथा बालबालिका सहितका क्षेत्रमा हुने विकासका पुर्वाधार हरुको निर्माण, मर्मत सम्भार, संरक्षण संवद्र्वन सञ्चालन तथा व्यवस्थापनका लागि सो इकाई स्थापना गरिएको मन्त्रालयले जनाएको छ । ईकाई स्थापना गरि कार्य सञ्चालन तथा सम्पादन गर्नुपर्ने आवश्यकता अनुसार कम्तीमा चार वटा समाजिक बिकास ईकाई स्थापना गर्नु पर्ने भएकाल हाल सप्तरीको राजविराज, धनुषाको जनकपुरधाम, सर्लाहीको मलंगवा र पर्साको बिरगंज ईकाईहरुको स्थापना गरि आजकै मितिवाट कार्य सञ्चालनमा ल्याइएको जनाइएको छ । जनकपुरधाम स्थित ईकाई धनुषा र महोतरी कार्यालयको मन्त्री नवल किशोर साह र राज्य मन्त्री अभिराम शर्माले संयुक्त रुपमा समुदघाटन गरेका छन् ।

जनताको घर दैलोमा पुगेर काम गर्न सहज हुने उद्देश्यले ईकाईको स्थापना गरिएको मन्त्री साहले बताए । समाजिक विकास मन्त्रालयका भौतीक पुर्वाधार निर्माण सहित अन्य काम अन्य मन्त्रालयहरु मार्फत हुने गरेकोमा समस्या भइरहेकोमा ईकाईको स्थापना भएपछि अब यसै मन्त्रालयवाट काम सहज हुने प्रदेश सांसदहरुले समेत बताए । कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, संसदीय समितिका सभापतीहरु रामचन्द्र मण्डल तथा जयनुल राइन, सांसद किशोरी साह कमल, सारदा थापा, प्रादेशिक अस्पताल जनकपुरधामका व्यवस्थापन समिति अध्यक्ष संजय कुमार सिंहसहितको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News