अपडेट 
२०७७ मंसिर ५, शुक्रबार ०७:२८

वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्बाधार विकास मन्त्री जितेन्द्र सोनलले आउने समयमा लाखौ युवालाई रोजगारी दिइने दावी गरेका छन् ।

हाम्रो अभियान पर्साले वीरगंजको होटल कुमुमा आयोजना गरेको तन्नेरीसंग मन्त्री विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन । कार्यक्रमा बोल्दै मन्त्री सोनलले प्रदेश सरकारको मुख्य रोजगारी सृजना गर्ने क्षेत्र भनेको कृषिलाई आधुनिकीकरण गरी लाखौ युवालाई रोजगारी योजना रहेको बताए । उनले वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न प्रदेश सरकार अग्रसर भएको बताउदै सबै प्रदेशको आम्दानी र रोजगारी सृजना गर्न छुटाछुटै विशषेता रहेको र प्रदेश नम्बर २सरकारले कृषिलाई महत्व दिएको बताए । सप्तरीको सखरा भगवती,धुनषाको जानकी मन्दिर,बाराका गढिमाई,पर्साको पारसनाथ मन्दिर र पर्सा राष्टिय निकुञ्जसम्मको पर्यटकीय गन्तव्यको रुपमा प्याकेज र यात्रा गर्ने सुविधा प्रदेश सरकारले बनाइरहेकोले अगामि दिनमा भारतीय पर्यटकबाट कसरी प्रदेश २ को आठ जिल्लाको होटल व्यवसायी तथा युवालाई रोजगारी दिन सकिन्छ भन्ने विषयमा पनि प्रदेश सरकारले तयारी गरेको उनले बताए ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा अगुवाहरुको सहभागिता रहेको थियो ।सहभागीहरुले संघीयताको औचित्य,प्रदेश सरकारको बजेट खर्च, जनताको अपेक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक विकासलगायत क्षेत्रसंग सम्बिन्धित प्रश्न गरेका थिए ।कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News