अपडेट 
२०७७ मंसिर ५, शुक्रबार ०७:३१

विश्वभरमा तीन करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा तीन करोड ९६ लाख ९४ हजार सात सय ७५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा पाँच करोड ७२ लाख ३ हजार ६ सय २३जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ६४ हजार ६ सय ५९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ६१लाख ४४ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७२ लाख २५हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ५८ हजार दुई सय २९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ९० लाख चार हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८४ लाख २७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३२ हजार दुई सय २ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख १५ हजार २० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ८५ हजार ६ सय ३८ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार दुई सय ७६ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News