अपडेट 
२०७७ मंसिर ६, शनिबार ०७:२९

विश्वभरमा चार करोड ९३ हजारभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा चारकरोड ९३ हजार एक सय ७३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड ७८ लाख ८५ हजार ७९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ७६ हजार सात सय २४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ६४ लाख २५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७३ लाख ११ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६० हजार दुई सय २६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९० लाख ५० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८४ लाख ७५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३२ हजार सात सय ६४ पुगेको छ । नेपालमा हालसम्म दुई लाख १६ हजार नौ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ९१ हजार दुई जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार दुई सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News