अपडेट 
२०७७ मंसिर ६, शनिबार ०७:३२

तीन दिने नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगला र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ताको मिति तय भएको छ ।

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव शृंगलाले नोभेम्बर २६ मा भेटवार्ता गर्नुहुने तय भएको भारतीय समाचार संस्था द हिन्दुस्तान टाइम्सले जनाएको छ । उहाँ सोही दिन नेपाल आइपग्नुहुने कार्यक्रम छ । नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्र सचिव स्तरीय वार्ताका लागि विदेशसचिव शृंगला नेपाल भ्रमणमा आउन लागेको हो । सचिव शृंगलाले प्रधानमन्त्री ओलीसँग दुई देशबीचको सम्बन्धबार छलफल गर्ने द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

शृंगला नोभेम्बर २६ अर्थात् मङ्सिर १० गते काठमाडौं आउने शृंगला त्यसको भोलिपल्ट भारत फर्कने कार्यतालिका छ। दुईदिने नेपाल भ्रमणका क्रममा दुई देशबीच सीमा विवादबारे औपचारिक रुपमा कुराकानी हुने उल्लेख गरिएको छ। शृंगलाले भर्खरै कार्भभार सम्हालेका नेपाली समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्ने तय भएको बताइएको छ।

Comment


Related News

Latest News

Trending News