अपडेट 
२०७७ मंसिर ६, शनिबार १६:३७

कोरोना अपडेट नेपालमा शनिबार थप १६७४ जनामा कोरोना पुष्टि भएको छ ।


यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट १३०५ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा २ हजार ३२३ जना संक्रमित निको भएका छन् भने हालसम्म १ लाख ९३ हजार ३२५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल आइशोलेशनमा २४ हजार ९ जना रहेका छन् भने क्वारेन्टाइनमा ७५७ जना रहेका छन् । नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ वटा पिसिआर गरिएको छ । यस्तै काठमाडौं उपत्यकामा शनिबार ८९९ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये काठमाडौंका ६८५ भक्तपुरका ४९ र ललितपुरका १६५ जना संक्रमित छन् ।

Comment


Related News

Latest News

Trending News