२०७७ मंसिर ७, आईतवार १२:१६
यो वर्षको जाडोयामका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ ।
२ सय ५० मेगावटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभीमा चार्ज भइ भारतबाट ४०० केभीमा पहिलो पटक बिजुली प्रवाह भएको थियो । यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी वर्षात मा ५०० देखि ६०० मेगावाटसम्म निर्यातको बाटो खुलेको छ ।
यसैगरी नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केबर–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकी रहेको काठमाडौंदेखि ढल्केबरसम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोडेको छ ।



