अपडेट 
२०७७ मंसिर ८, सोमबार ०९:०१

भोली (मंगलबार) बाट शुरु हुने कक्षा १२ को परिक्षा ढुक्क भएर दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आग्रह गर्नुभएको छ ।

मंगलबारदेखि शुरु हुने परिक्षाका सन्दर्भमा मन्त्री पोखरेलले एक भिडीयो सार्वजनिक गर्दै ढुक्क भएर परीक्षा दिन सम्पूर्ण विद्यार्थीलाई अनुरोध गर्नुभएको हो ।

गत वैशाखमा हुनुपर्ने परिक्षा कोरोना महामारीका कारण रोकिएको थियो । कोरोना संक्रमण भएर परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीले पछि परीक्षा दिन सक्ने पनि मन्त्री पोखरेलले बताउनुभएको छ । परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ।

Comment


Related News

Latest News

Trending News