अपडेट 
२०७७ मंसिर ८, सोमबार १७:५५

भारत र पाकिस्तानको सीमामा १ सय ५० मिटर लामो सुरुङ भेटिएको छ । जम्मुको साम्बा सेक्टरस्थित अन्तर्राष्ट्रिय सीमामूनी सुरुङ मार्ग भेटिएको हो ।

भारतीय सुरक्षा बलले आइतबार १ सय ५० मिटर लामो र ३ फिट चौडाई भएको सुरुङ फेला परेको द हिन्दू अनलाइनले जनाएको छ । सीमा सुरक्षा बलले ७६ घण्टा समय खर्चेर सुरुङ पत्ता लगाएको हो ।

यस सुरुङ्गको प्रयोग आतंकवादीले गर्दै आएको जम्मु प्रहरीको भनाइ छ । हालै नागरोटामा मारिएका चरमपंथी पनि यसै सुरुङबाट आएको आशंका गरिएको छ ।

सीमामा अझै त्यस्ता सुरुङहरु हुनसक्ने आशंका गरिएको छ । त्यसलाई पनि खोज्ने भारतीय प्रहरीले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News