अपडेट 
२०७७ मंसिर ९, मंगलवार ११:३४

मंगलबार नेपाली बजारमा सुनको भाउ  १८ सयले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार १८ सयले घटेर ९२ हजार ५  सयमा कारोबार भइरहेको छ । । त्यसैगरी, मंगलबार तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा मंगलबार चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय १० मा कारोबार भएको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ११ सय ८० मा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News