अपडेट 
२०७७ मंसिर ९, मंगलवार ११:३८

महोत्तरी । जिल्लामा  ६ वर्षीय बालिकाको हत्या गरेको आरोपमा  पक्राउ परेका व्यक्तिको घरमा स्थानीयले आगो लगाएका छन् । बर्दिवास नगरपालिका १४ की गुलाब साह खातुनको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् ।

आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका कारण दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बालिका हत्याको बिरोध गर्दै स्थानीयले बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।  बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेकाको साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

बालिकाको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि हराएकी हुन् ।

Comment


Related News

Latest News

Trending News