अपडेट 
२०७७ मंसिर ९, मंगलवार १६:१६

महोत्तरी । बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रकरणमा भएको प्रदर्शनका क्रममा तीन जना घाइते भएका छन् ।


प्रदर्शनकारीको भिडलाई तितरवितर गर्न प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका हुन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा सञ्जयको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेकोले बर्दिवासको पिनाकल अस्मापतालमा उपचार भइरहेको छ । त्यस्तै, प्रहरीले अश्रुग्यास र हवाई फायर गर्दा श्याम र अफताब घाइते भएका हुन्, उनीहरूको बर्दिवासको शुभ स्वस्तिकमा उपचार भइरहेको छ ।

मंगलबार बिहानदेखि भएको प्रदर्शनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हाे ।

Comment


Related News

Latest News

Trending News