अपडेट 
२०७७ मंसिर ९, मंगलवार १६:२२

नेपालमा थप १७९० जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ७२१ महिला र १०६९ पुरुष गरिथप १७९० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ६०२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको ज्यान गएको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ ।

त्यस्तै नेपालमा थप दुईहजार ७ सय ९१ जना कोरोना मुक्त भएका छन् भने हालसम्म दुइ लाख चार हजार ८५८ जना निको भएका छन् । त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ जना छन् । त्यस्तै ६२७ जना क्वारेन्टीनमा छन् । हालसम्म १६ लाख ८१ हजार २९९ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News