अपडेट 
२०७७ मंसिर १०, बुधबार ०६:५०

महोत्तरीको औरही नगरपालिकाको श्रीपुरमा सोमबार सांघातिक आक्रमण हुँदा जनता समाजवादी पार्टी नेपालका पाँच जना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा औरही नगरपालिका वडा नं. ५ का २७ वर्षीय अरुण यादव, ५० वर्षीय विनोद कुमार यादव, ४५ वर्षीय बिनोद यादव बंगाली, २३ वर्षीय शिवशंकर यादव र वडा नं. ३ का ५५ वर्षीय महेन्द्र राय यादव रहेका छन् । घाइतेहरुलाई थप उपचारको लागि सोमबार राति नै प्रादेशिक अस्पताल ल्याएको हो । घाइतेहरुको टाउको लगायत शरिरको विभिन्न भागमा गंभिर चोट लागेको छ । वडा नं. ५ का वडाध्यक्ष किशोरी प्रसाद यादवले आफुहरुलाई ज्यान मार्ने उद्येश्यले गुण्डा खटाएको पीडित महेन्द्र राय यादवले बताए ।

औरही नगरपालिकाको वडा नं. ३ र ५ मा पर्ने श्रीपुर बजारमै आएको गुण्डाहरुका एक समूहले आपूmहरुमाथि निर्घात कुटपीट गरेको महेन्द्रले बताए । नेपाली काँग्रेसका कार्यकर्ताहरुले आपूmहरुलाई पटक पटक कुटपीट र दुव्र्यवहार गर्दै आएको आएको स्थानीय श्याम यादवले बताए । राति(सोमबार) वडाध्यक्षको ज्यान मार्ने योजना बनाएको उनले दावी गरे । तर, वडाध्यक्षले अर्कैबाटो भएर घर फर्केका कारण जनता समाजवादी पार्टीका कार्यकर्तालाई लक्षित गरेको उनले आरोप लगाए । नेपाली काँग्रेसका कार्यकर्ताहरुले पटक पटक यसरी सांघातीक आक्रमण गरेको उनले आरोप लगाए ।

वडा नं. ५ का वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित छन् । उ न क ै इशारामा जनता समाजवादी पार्टीका वडाध्यक्षसहित कार्यकर्तामाथि सांघातिक आक्रमण भएको उनले जनाए । स्थानीय विजय यादव, रंजित यादव, संजय यादव, लालबाबु यादव, अजय यादव, भरत राय, सत्रुध्न राय, राजनारायण महतो लगायतका व्यक्तीहरुले आक्रमण गरेको पीडित अरुण यादवले आरोप लगाए । घटनास्थलमा प्रहरी पुगेपछि अवस्था साम्य भएको थियो । कठुघार चौकीबाट खटिगएको प्रहरी टोली पुग्दा उनीहरु फरार भएको पीडितहरुले बताए ।

Comment


Related News

Latest News

Trending News