अपडेट 
२०७७ मंसिर १०, बुधबार ०७:०३

जनकपुरधामस्थित एक किराना पसलमा आगलगी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । जनकपुरधाम वडा नं १ पुलचौकस्थित जयश्री सप्लायर्समा मंगलबार एका विहानै आगलागी भएको थियो ।

आगलागी हुँदा पसलमा रहेका अधिकांस समानहरु जलेर नष्ट भएको छ । बाँकी रहेको सामानहरु पनि काम नलाग्ने अवस्थामा पुगेको पसल संचालक भोगेन्द्र साहले बताए । मंगलबार बिहान चार वजेको समयमा पसलको एउटा रेकमा अचानक भएको आगलागीबाट आलु, प्याज , साबुन, बिस्कुट, हरलिक्स लगायतको दैनिक उपभोग्य वस्तुहरु जलेर नष्ट भएको छ ।

पसल संचालक साहका अनुसार विहान चार वजे तिरपसल भित्रबाट धुंवा निस्किरहेको खवर पाएपछि पसल खोलेर हेर्दा आधा भन्दा बढि समाग्री जलेर खरानी भइसकेको थियो । बाँकी बचेको समानहरुमा आगोका कारण कामै नलाग्ने अवस्थामा पुगेको बताए । आगलागीलाई तत्काल नै नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट वचेको उनले बताए । अचानक आगलागी भएको भनिए पनि आगलागीको कारण खुल्न सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News