अपडेट 
२०७७ मंसिर १०, बुधबार १७:०८

नेपालमा बुधबार थप १९४८ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १९४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १३८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप ३१४० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ७ हजार ९९८ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुने दर ९२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

गौतमले ७५३ मध्ये ३९६ पालिकामा १५ बेडका अस्पताल निर्माण हँुदै जाने र बाकी रहेका पालीकाहरुमा ५–५ बेडको अस्थायी अस्पताल बनाउन १०–१० लाख रुपैया पठाइसकेको हुनाले अस्थायी अस्पताल सञ्चालन गर्न अनुरोध गरिएको बताउनुभयो । त्यस्तै नेपालमा हाल १६६३९ जना आइशोलेशनमा छन् भने ६६९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १६ लाख ९० हजार ५०९ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News