अपडेट 
२०७७ मंसिर ११, बिहीबार ०८:१२

दक्षिणी छिमेकी भारतका परराष्ट्र सचिव हर्षबर्धन श्रृगंला यसै साता नेपाल भ्रमणमा आउदै छन । नेपालका प्रधानमन्त्री के.पि.शर्मा ओलीसित उनको भेटवार्ता पनि हुने छ । यस भेटवार्तामा नेपाल र भारतविचको दुईपक्षिय सम्बन्धका विविध विषय बारे छलफल हुनेछ । नेपाल भारतविचको सम्बन्ध सकारात्मक दिशामा अगाडि बढनु तथा थप प्रगाढ हुनु दुवै देशको हितमा हुनेछ । यस भन्दा अघि भारतका थलसेना प्रमुख एम.एम नरवणेलाई नेपालको मानार्थ सेना प्रमुखको रुपमा सम्मानित गर्ने कार्य भईसकेको छ । दुवै देशका सेनाप्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको रुपमा सम्मानित गर्नु दशकौं पुरानो परम्पराको निरन्तरता भएपनि यसले विगत ८ महिना देखि चिसिएको नेपाल–भारत सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन सहयोगीको भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ । विगत केही महिना अघि देखि भारतका उच्च पदाधिकारीहरुको नेपालको भ्रमणले निरन्तरता पाउनु खुसीको कुरा हो, यसले हाम्रा दुईपक्षीय सम्बन्धलाई बलियो बनाउने छ ।

कोरोना महामारीले उत्पन्न गरेको अनगिनत समस्याहरुबाट नेपाल पनि मुक्त रहन सकेको छैन् । सत्ताधारी नेकपा भित्रको अन्तरकलह पनि विगत एक वर्ष देखि जारी नै छ । सत्ताधारीदल भित्रको अन्तरकलहका कारण नै दुई तिहाई बहुमतका बाबजुद नेपालका कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कतिपय विधेयकहरु पनि फिर्ता लिनु पर्ने अवस्था आयो, फिर्ता पनि लिनु प¥यो । सत्ताधारी दल भित्रको अन्तरकलहबाट देशका प्रधानमन्त्री के.पी शर्मा ओली स्वमं यति बढी दुःखी र बिचलित भए कि उनले एक पछि अर्को विवादास्पद निर्णय लिने काम पनि गर्नुप¥यो । यसले उनलाई क्षणिक लाभ पु¥याएको भए पनि दीर्घकालिन रुपमा यो राष्ट्रहितमा सावित नहुने निश्चित जस्तै छ । ओली सरकारले विगत केही महिना अघि भारतसितको सम्बन्धलाई हलुको रुपमा लिने काम ग¥यो । भारतसितको खराब सम्बन्ध भारतभन्दा बढी पनि हाम्रो निमित नै हानीकारक छ भने कुराको अनुभूति गर्न सरकारलाई पनि बढी समय लागेन, जबकि नेपाल जस्तो प्रिय र अभिन्न छिमेकी राष्ट्रसित सुमधुर सम्बन्ध कायम रहन भारतको पनि हितमा नै हुनेछ भन्ने कुराको अनुभुति गर्न भारतलाई बढी समय लागेन ।

नेपाल र भारत बीचको सुमधुर सम्बन्ध यी दुई देश र यहाँका जनताको हितमा नै रहेको छ । भारतका सेना प्रमुख मुकुन्द नरवणेको सफलमात्रै परराष्ट्र नीतिको निर्धारण सन्चालन हुन सक्दैन । देश र जनताको हितलाई सर्वोच्च प्राथमिकता राखेर नै परराष्ट्र सम्बन्धको संचालन हुनुपर्दछ । विश्वका जति पनि सम्पन्न र शाक्तिशाली राष्ट्रहरु हुन तिनको परराष्ट्र सम्बन्ध व्यक्तिगत अथवा दलगत आधारमा निर्धारण भएको हुदैन , जुन देशका शासक तथा राजनीतिक दलसित देशको आर्थिक विकास एवं समृद्धिको निमित प्रष्ट दृष्टिकोण रहेको हुदैन, ठोस नीति एवं कार्यक्रमको कार्यान्वयन गर्ने मनसाय हुदैन त्यस्ता देशहरुको परराष्ट्र सम्बन्ध पनि प्रभावकारी सावित भईरहेको हुदैन । नेपाल र भारतबीच कुटनीतिक सम्बन्ध कायम भएको सात दशक भन्दा लामो समय वितिसेकेको छ तर यस लामो अवधिलाई हामीले खेर फाल्यौं । यस अवधिमा संसारका धेरै देश विकसित पनि भईसके तर विश्वमा कहिल्यै कसैको दासत्व नभोगेको देश नेपाल आज पनि पिछडिएको अवस्थामा नै किन छ ? यसको जवाफ अहिले सम्मका शासकहरुले दिन सक्नु पर्दछ ।

अरु माथि दोषारोपण गरेर आफनो भारतसित नेपालको सम्बन्ध कहिल्यै खराब पनि भएन तर धेरै राम्रो पनि रहेन । नेपालका राजनीतिक दलहरुले आफुलाई समस्या परेको बेलामा भारतलाई रिझाउने तर सत्तामा गए पछि भारतलाई खलनायकको रुपमा प्रस्तुत गर्ने प्रवृतिले जनमानसमा पनि भारतको बारेमा नकारात्मक छवि प्रस्तुत गर्ने गर्दछ । समय समयमा नेपालमा भारत बिरोधी जनमत सृजना हुनुको मुख्य कारण देशका राजनीतिज्ञहरुको दोहोरो चरित्र पनि हो । नयाँ दिल्लीमा गएर एउटा कुरा गर्ने तर काठमाडौ आएर अर्को कुरा गर्ने प्रवृतिले नेपालको नै बढी अहित गरेको छ । विगत आठ महिना नेपाल भारत सम्बन्ध चिसिएको अवस्थामा रहेपनि जनस्तरको सम्बन्धमा कटुता थपिएन । प्रकृति प्रदत यस सम्बन्धको विशेष महत्व छ, यसलाई हामी अस्वीकार गर्न सक्दैनौ । सम्बन्धको धागोलाई निरन्तरको सम्पर्क, सहकार्य, सम्वाद, एवं सदभावबाट नै बलियो बनाइन्छ, तर व्यंग, कटुतापूर्ण आक्षेप, दोषारोपण एवं अनाश्वयक टिप्पणीले सबै खाले मैत्री सम्बन्धलाई कमजोर बनाउने गर्दछ ।

सरकारको जिम्मेवार तहमा बसेका व्यक्तिले आफनो वक्तव्य, टिप्पणी तथा कार्यमार्फत परस्पर सम्बन्धलाई सुधार्ने तथा बलियो बनाउने काम गर्नुपर्दछ, बिगार्ने होइन । परराष्ट्र सम्बन्धजस्तो महत्वपूर्ण विषयमा परिपक्व, संवेदनशील एवं गम्भीर टिप्पणीको अपेक्षा गरिन्छ । कोरोना संक्रमणका कारण लाखौ नेपालीहरु भार तसहित विभिन्न देशबाट पनि नेपाल फर्किएका थिए तर हाम्रो देशमा अवसरको सम्भावना नरहेका कारण ति लाखौ नेपाली युवाहरु पून ः भारत मै फर्किन बाध्य छन् । दैनिक रुपमा हजारौ संख्यामा नेपाली कमदारहरु पश्चिमी, दक्षिणी तराईको नाका भएर जिविकोपार्जनको निमित भारत जान बाध्य छन् नेपाल सरकारले अब भारतसितको उपभोगका प्रयोगका बस्तु पनि सहज र सस्ता रुपमा लिन नेपालीहरु भारत जान बाध्य छन् । लाखौ नेपालीहरुले भारतमा र भारतीयहरु नेपालमा जिविकोपार्जन निमित कुनै न कुनै पेशामा संलग्न अथवा कारखानामा कार्यरत छन् ।

नेपाल र भारतका सरकारहरुले यस कुरालाई बुझनुपर्दछ । मित्रपूर्ण सकिन्छ तर छिमेकीलाई रोज्न सकिदैन भन्ने शाश्वत मान्यतालाई ध्यानमा राखेर नै परराष्ट्र नीतिको निर्धारण तथा संचालन हुनुपर्दछ । भारत र चीन जस्ता विश्वका दुई उदाउँदा शक्ति राष्ट्रको बीचमा अस्थित नेपालले दुरदर्शी कुटनीतिको संचालन गर्न नसकेकै कारण हाम्रो परराष्ट्र सम्बन्ध इतिहासकै कमजोर अवस्था पुगेको मान्नुपर्दछ । कुनै एउटा छिमेको पक्षमा खुलेर उभिने तथा अर्को छिमेकी राष्ट्रको बिरोध गर्नु देश र जनताको हितमा हुन सक्दैन । भुगोलको राम्ररी संचालन र सही तरिकाले उपयोग गर्न सकिएन भने राष्ट्र प्रगति गर्न सक्दैन । आकर्षक नारा तथा घोषणाले चुनावी सफलता दिलाउन सक्दछ तर देशको समस्याको समाधान गर्न सक्दैन । सशस्त्र द्धन्द्धले ग्रसित, जातिय विभेदका कारण जर्जर अर्थव्यवस्था भएको तथा राजनीतिक अस्थिरता एवं स्थायी शान्तिको अभाव भएको देशमा त्यहाँका शासक र नेताहरुले राष्ट्रियताको नारालाई अफिम रुपमा प्रयोग गर्ने गर्दछन् ।

यस्तो गर्नाले जनताको ध्यानलाई देशका जल्दा बल्दा समस्याहरुतिरबाट विचलित गराउन सफल भइरेहका छन् । भारतका परराष्ट्रसचिवको यस नेपाल भ्रमणले विगत ९ महिनादेखिको चिसिएको दुईपक्षिय सम्बन्धलाई मंसिर महिनाको चिसोमा पनि न्यानोपन ल्याउने अपेक्षा गर्न सकिन्छ

Comment


Related News

Latest News

Trending News