अपडेट 
२०७७ मंसिर ११, बिहीबार १६:३७

नेपालमा बिहीबार थप १६१४ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १६१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १४१२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै नेपालमा थप १४३७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ९ हजार ४३५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै हाल १६७९३ जना आइशोलेशनमा छन् भने ६८० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News