अपडेट 
२०७७ मंसिर १३, शनिबार ०७:१२

विश्वभरमा चार करोड २७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा चार करोड २७ लाख ६४ हजार ६ सय २० जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड १९ लाख ५६ हजार चार सय ८० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख ४८ हजार एक सय ८२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७७ लाख ४३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ३४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७९ लाख ३० हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७१ हजार २५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९३ लाख ४९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ लाख ५७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार एक सय ९० पुगेको छ । नेपालमा हालसम्म दुई लाख २९ हजार तीन सय ३४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख नौं हजार चार सय ३५ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार चार सय ३५ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News