अपडेट 
२०७७ मंसिर १३, शनिबार १३:५५

बारा । जिल्लामा जगदम्बा स्टिलको फलाम गलाउने भट्टीमा बिस्फोट हुँदा चार जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको कारखानाको भट्टीमा शनिबार बिहान भएको बिस्फोटमा परी चार जना मजदुर घाइते भएका हुन् ।

शनिबार बिहान ठूलो आवाजमा भट्टीमा बिस्फोट भएको बताइएको बारा प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भिर रहेको र उनीहरुको वीरगञ्ज नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News