अपडेट 
२०७७ मंसिर १३, शनिबार १६:१९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । सचिवालयको अर्को बैठक मंसिर १६ गते दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकमा अध्यक्ष ओलीद्वारा जवाफी राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । दुबै अध्यक्षले राख्नुभएको प्रस्ताव अध्ययन गर्न ३ दिनको समय तोकिएको श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा अध्यक्ष ओली,कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले आआफ्नो धारणा राख्नुभएको थियो । बैठकमा बोल्ने सबै सदस्यहरुले पार्टी एकतामा जोड दिनुभएको उहाँले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News