अपडेट 
२०७७ मंसिर १४, आईतवार ०७:२३

पुर्व– पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ७ स्थिति दुधैला पुल भाँसिदा दुर्घटनाको खतरा बढेको छ ।

पुलको पश्चिम दिशाको भाग भासिएर खाल्डा हुदा सवारी दुर्घटनाको जोखिम बढेको हो । पुलमा दैनिक जसो सवारी दुर्घटना हुने गरेको स्थानीयहरु बताउँछन् । खास गरि तिब्र गतिमा रहेको दुईपाङ्ग्रे तथा भारी बोकेका सवारी साधनहरु खाल्डामा परि अनियंत्रित भई दुर्घटना हुने गरेको स्थानीय शिवशंकर ठाकुरले बताए । हाईवे भएका कारण लामो दुरिका सवारी सधान तीब्र गतिमा हुन्छन्, स्थानीय दिपक कुमार चौधरीले भने, खाल्डो छ भन्ने थाहा नपाउँदा मोटरसाइकलमा पछाडी बसेकाहरु एक्कासी ब्रेक लिदा उछिटिएर पुलमा ठोकिन्छ ।

सडकमा सवारी साधानको चाँप धेरै हुने गरेकोले खाल्डोमा परेर लडेकालाई अर्को सवारी साधनले च्याप्ने गरेको उनले बताए । पुल भासिएकाले दैनिक सवारी दुर्घटना हुने गरेको उनले जानकारी दिए । आफू समेत सोह खाल्डोमा मोटरसाइकल दुर्घटना हुदा उपचारत रहेको बताउदै लाखौं खर्च गरेर पनि अझै जाती नभएको सुनाए । साथीले चलाएको मोटरसाइकल एक्कसी ब्रेक लियो, घटना बारे सुनाउदै चौधरीले भने, पछाडी बसेको म एक्कसी सडकमा खसे, त्यतिबेला अर्को गाडी आएको भए हामी यो संसारमा रहने थिएनौ । साबिक तेरहौता गाबिसका अध्यक्ष समेत रहेको चौधरीले दुर्घटना न्यूनीकरण गर्ने तर्फ कसैको ध्यान नगएको बताए ।

पुल भासिएका बारे सडक बिभागमा पटकपटक जानकारी गराएपनि निर्माण गर्ने तर्फ चासो नदेखिएको स्थानीयले गुनासो गरे । पुलको मर्मत सम्भार नगर्ने हो भने धेरैले अकालमा ज्यान गुमाउनु पर्ने स्थानीयबासीहरुले जानकारी दिए । गत भदौमा भीषण बर्षासंगै आएको बाढीले पुलको पश्चिमि तटबन्ध कटान गरेकाले पुल भासिएन थालेको छ । पुल भासिदा दैनिक सवारी दुर्घटनामा परि यात्रुहरु घाईते अङ्भङ्ग हुदा समेत सम्बन्धित निकायहरु भने बेखबर छन । पुर्व–पश्चिम राजमार्ग अन्तर्गतका अघिकाँस पुलहरु जिर्न अबस्थामा पुगेकाले कुनैबेला ठूलो दुर्घटना हुने त्रास बोकेर सवरी चलाउनु पर्ने बाध्यता रहेको यातायात ब्याबसायीहरु दुखेको सुनाउछ्न ।ा

Comment


Related News

Latest News

Trending News