अपडेट 
२०७७ मंसिर १४, आईतवार ०७:४२

केही दिन अघि केन्द्रमा एकीकरण भएको राप्रपा संयुक्त र राप्रपा धनुषामा समायोजन शनिबार सम्पन्न भएको छ ।

धनुषामा गएको असोज २१ गते जिल्ला अध्यक्षको समायोजन भएको थियो । अन्य पदाधिकारीहरुको समायोजन भने शनिबार बसेको बैठकले सम्पन्न गरेको हो । पार्टीको धनुषा अध्यक्षमा रामचन्द्र यादवलाई चयन गरिसकेको छ । दुवै पार्टीले साबिकको जिल्ला कार्य समितिलाई यथावत राख्दै समायोजन सम्पन्न गरेको हो । जिल्ला उपाध्यक्षमा रामनारायण ठाकुर र जगदीश ठाकुरलाई चयन गरिएको छ भने सचिवमा कमलेश कुमार मण्डल र मुकेश यादव चयन भएका छन् ।

कोषाध्यक्षमा आनन्दकुमार साह रहेका छन् । सदस्यहरुमा मो. दाउद, सुवोध ठाकुर, अभयकान्त ठाकुर, जैसीलाल चौहवार, महेन्द्र कापर, रुपा ठाकुर योगेन्द्र झा लगायतका थिए । पशुपति शमसेर राणा र प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्त र कमल थापा नेतृत्वको राप्रपा पार्टी बीच केही दिन अघि एकीकरण भएको थियो । पार्टीको समायोजनाका लागि शनिबार बसेको बैठकमा केन्द्रिय सदस्य मनोज मल्ल, श्रवण कुमार झा, नथुनी लाल दास, प्रमोद गोयन्का, राजकुमारी साह, प्रदेश सदस्य विक्रम पजियार, राजेश महतो, युसुफ साफी लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News