अपडेट 
२०७७ मंसिर १४, आईतवार १७:१२

नेपालमा आइतबार थप १२५५ जनामा कोरोना पुष्टी भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा काठमाडौं उपत्यकामा ५४८ सहित १२५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १४७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १४०४ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख १३ हजार ५९० जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९० दशमलव ६ रहेको मन्त्रालले जनाएको छ । नेपालमा हाल १७ हजार ९०९ जना आइशोलेशनमा छन् भने ६३२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख २७ हजार ८३६ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News