अपडेट 
२०७७ मंसिर १५, सोमबार ०९:४१

उत्तर– पूर्वी नाइजेरियामा शनिबार खेतमा काम गरिरहेका मजदूरमाथि आक्रमण गरी कम्तीमा ४३ जनाको हत्या गरिएको छ । मिडिया रिपोर्टका अनुसार हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरलाई बाँधेर उनीहरुको घाँटी रेटेका हुन्।

नाइजेरियाको बोर्नो राज्यको राजधानी मेडुगुरीनजिक धानखेतमा काम गरिरहेका मजदूरमाथि आक्रमण भएको हो। आक्रमणकारीले उनीहरुलाई पहिला बाँधेका थिए। त्यसपछि घाँटी रेटेर हत्या गरिएकाे जनाइएको छ । नाइजेरियाका राष्ट्रपतिले यो हमलालाई ‘पागलपन’ को संज्ञा दिएका छन् । पछिल्ला केही महिनामा भएको हमलामध्ये ‘सबैभन्दा विभत्स हमला’ भएको बताइएको छ ।

अहिलेसम्म कुनै पनि संगठनले यो हमलाको जिम्मेवारी लिएको छैन । केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हामीले अहिलेसम्म ४३ को शव भेटेका छौं । सबैको रेटेर हत्या गरिएको छ । ६ व्यक्ति यस्ता पनि छन् जसको शवमा गम्भीर चोट छ । ’ केही मजदुर गायब भएको पनि बताइएको छ ।

एएफपीका अनुसार मारिएका सबै मजदूर उत्तर– पश्चिमी राज्य साकोतोका बासिन्दा थिए। उनीहरु कामको खोजीमा एक हजार किलोमिटर टाढा बोर्नो राज्यमा आएका हुन् ।

Comment


Related News

Latest News

Trending News