अपडेट 
२०७७ मंसिर १५, सोमबार १६:३७

नेपालमा सोमबार थप १४७४ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १४७४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण १५०८ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १९३१ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख १४ हजार ५२१ संक्रमित निको भएका छन् । हाल आइशोलेशनमा १७ हजार ४२३ जना छन् भने ५३५ जना क्वारेन्टाइनमाा छन् । नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News