अपडेट 
२०७७ मंसिर १६, मंगलवार ०७:४५

बारा । फेसबुक ह्याक गरी मानिसलाई ब्लयाक मेलिङ गरेर रकम ठगि गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका–३ बस्ने ३१ बर्षिय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ बर्षिय मनिषा गिरी रहेका छन् । उनीहरुले फेसबुक एकाउन्ट ह्याक गरी ३०हजार रकम मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखी दिन्छु भनी जीतपुर सिमरा उपमहानगरपालिकाका वडा नं.२ को एक महिलासँग रकम माग गरेको थिए । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका– ६ ईटहरी बजार अन्तर्गत रहेको आई.एम.ई. बाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई आपराधिक लाभ मुद्दा शीर्षकमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News