अपडेट 
२०७७ मंसिर १६, मंगलवार १२:५८

धनुषाको बडहरीमा दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट गम्भीर घाइते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो ।

ज७प ५९८६ नम्बरको मोटरसाइकलमा ढल्केवारबाट बर्दिवासतर्फ जाँदै गरेका मृतक साहलाई नम्बर खुल्न नसकेको गाडीले बडहरीमा ठक्कर दिएको थियो । मृतक साहलाई ठक्कर दिने गाडी फरार भएको छ ।यसेबीच ठक्कर दिने गाडीलाई प्रहरीले समात्न नसकेको भन्दै ढल्केवरका स्थानीयबासीहरु मंगलवार बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले ठक्कर दिने सवारीको खोजीकार्य तिव्र पारेकोले छिट्टै पक्राउ पर्ने आस्वस्त पारेपछि अवरुद्ध राजमार्ग सुचारु भएको छ ।

Comment


Related News

Latest News

Trending News