अपडेट 
२०७७ मंसिर १७, बुधबार ०८:२५

आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।

मौसम बद्ली गराउने ठूलो प्रणाली नभएकाले देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने मौमसविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार अहिले बिहान केही ठाउँमा हुस्सु र कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने छ । आज प्रदेश १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँको मौसम भने आंशिक बद्ली हुने अनुमान गरिएको छ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

Comment


Related News

Latest News

Trending News