अपडेट 
२०७७ मंसिर १७, बुधबार १३:३५

सुनको भाउ बुधबार पनि बढीको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले सुनको भाउ बढीको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बुधबारका लागि छापावल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबीको ९० हजार ५५० रुपैयाँ तोकेको छ ।

मंगलबार छापवल र तेजाबी सुनको भाउ प्रतितोला क्रमश ९० हजार पाँच सय र ९० हजार पचास रुपैयाँ थियो । सुनको अन्तर्राष्ट्रिय मूल्यमा आएको फेरबदलनै नेपाली सुन बजारमा मूल्य उतार चढाब हुने मूख्य कारण भएको व्यावसायीहरुले बताएका छन् । गत साता सुनको भाउ तोलामै ३ हजार रुपैयाँले घटेको थियो ।

Comment


Related News

Latest News

Trending News