अपडेट 
२०७७ मंसिर १७, बुधबार १३:३८

पर्सा जिल्लाको धोबिन गाउँपालिका १ नहरको किनारमा आँखा निकालिएको अवस्थामा पुरुषको शव फेला परेको छ । कालिकाई गाउँपालिका १ तिनडोबिया टोल निवासी २६ वर्षीय मामुल राउत गद्दी भनिने नामुल हुसेनको शव फेला परेको हो ।  हुसेल तीन दिनदेखि बेपत्ता थिए ।

साथी बलिराम पटेलको विवाहमा धोबिनी गाउँपालिका १ भिखमपुर स्थित जन्ती जान भनेर आफ्नै दुईजना साथीले घरबाट बोलाएर ल्याएको जन्ती स्थलमा नपुगी त्यस दिनदेखि नै बेपत्ता रहेका गद्दीको तीन दिनपछि शव नहरको किनारमा फालेको अवस्थामा भेटिएको हो ।

गद्दीको दाहिने आँखा निकालिएकाले हत्या भएको हुनसक्ने परिवार स्रोतले बताएको छ । स्थानीयले खेतमा जाँदा नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । गद्दीलाई जन्ती लिएर जाने दुबै साथी भने फरार रहेका छन् ।

Comment


Related News

Latest News

Trending News