अपडेट 
२०७७ मंसिर १७, बुधबार १५:५९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आगामी २० गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक मंसिर २० गते १ बजे बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबारको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव र त्यसको प्रतिउत्तरमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रस्तावमाथिको छलफल जारी रहने बताइएको थियो । ओली अनुपस्थीत नभएपछि अन्य सचिवालय सदस्यहरु केहिबेर बैठकमा बसेका थिए । बैठकले अर्को बैठकमा अनिर्वाय उपस्थीत हुन अध्यक्ष ओलीलाई भनिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै बिहीबारका लागि तय नेकपा स्थायी कमिटी बैठक मंसिर २१ गतेका लागि सारिएको उहाले जानकारी दिनुभयो ।

यसअघि मंगलबारको बैठकमा ओलीले १० दिन सचिवालय बैठक रोक्न माग गर्नुभएको थियो । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए । नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि सचिवालयमा अध्यक्षद्वयले आरोप प्रत्यारोपसहित प्रस्तावहरु पेश गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News