अपडेट 
२०७७ मंसिर १८, बिहीबार ०७:१२

विश्वभरमा चार करोड ४८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बिहीबार बिहानसम्ममा चार करोड ४८ लाख ९८ हजार नौं सय ३२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ४८ लाख एक हजार एक सय १६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख ९८ हजार एक सय ८१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८४ लाख चार हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ४२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८४ लाख ४५ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७९ हजार सात सय ६४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ९५ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८९ लाख ७० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार ६ सय ५७ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ३६ हजार दुई सय ६४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख १८ हजार एक सय ६१ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार पाँच सय ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News